BuwaCare

प्रेस विज्ञप्ति

notepad, table, decoration-3297994.jpg

मिति २०८० साल वैशाख १ गते देखि नेपालमा वुवा केयर. कम नामक संस्थाको सुरुवात भएको छ । विशेष गरी ५५ वर्ष देखि माथि उमेर समुहका मानिसहरुलाई लक्षित गरी वुवा केयर.कम ले स्वास्थ्य, मनोरञ्जन तथा नेपाल तथा भारतका प्रमुख तिर्थस्थल दर्शन गराउने र उक्त उमेर समुहका मानिसहरुलाई शारिरिक, मानसिक तथा सामाजिक रुपमा स्वस्थ्य बनाउने उद्देश्यले संस्थाको सुरुवात गरिएको उक्त संस्थाका अध्यक्ष श्री डा. अनाम प्याकुरेलले जानकारी गराउनुभएको छ । व्यस्त जिवन शैलिका कारणले पारिवारिक वुवा आमाहरुको सामाजिक जिवनलाई गुणस्तरीय बनाउनका लागि वुवाकेयर.कमले विशेष सहयोगि भुमिका खेल्ने विश्वास लिइएको छ ।
क. स्वास्थ्य सेवा:
१. घरमै बसि बसि सम्पुर्ण स्वास्थ्य समस्याहरुको पहिचान तथा निदानको लागि गुणस्तरिय तथा सर्वसुलभ रुपमा शारिरिक जाँचको व्यवस्था गराउने छ ।
२. आकस्मिक अवस्था तथा विशेषज्ञ डाक्टरको परामर्श अनलाइन तथा आवश्यक परेमा घरमै गएर समेत स्वास्थ्य सेवा पु¥याउने उद्देश्य राखेको छ ।
३. डाक्टरका परामर्श पश्चात आवश्यक पर्ने सम्पुर्ण औषधिहरुको घरमै डेलिभरीको व्यवस्था गरिएको छ ।
ख. मनोरञ्जन :
१. वुवाकेयर.कमका सदस्यहरुको जन्मदिन, वैवाहिक वार्षिकोत्सव, तथा अन्य विशेष अवसरहरुको आयोजना गरी सामुहिक रुपमा सदस्यहरुमाझ मनाइ दिनेछ ।
२. विभिन्न पर्यटकिय क्षेत्रहरुको अवलोकन भ्रमणको व्यवस्था समेत प्रबन्ध गरी सदस्यहरुलाई घुमाइनेछ ।
ग. तिर्थस्थल भ्रमण :
१. वुवाकेयर.कमका सदस्यहरुलाई समय समयमा नेपाल तथा भारतका तिर्थस्थलहरुको दर्शन भ्रमणको व्यवस्था समेत प्रबन्ध गरी सदस्यहरुलाई घुमाइनेछ ।
यसप्रकार वुवाकेयर.कमले आफ्ना सदस्यहरुलाई आफ्ना सन्तानको व्यस्त दैनिकीका वावजुद पनि शारिरिक,मानसिक तथा सामाजिकरुपमा सेवा प्रदान गरी स्वस्थ्य समाज निर्माण गर्नका लागि महव्वपुर्ण भुमिका खेल्ने व्यहोरा सम्बन्धित सवैलाई जानकारीका लागि अनुरोध गर्दछ ।
अध्यक्ष
वुवाकेयर.कम

4 thoughts on “प्रेस विज्ञप्ति”

  1. I whole-heartedly thank Buwa Care team for this initiation and wish you achieve the highest height of success.

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Recent Post