वुवा केयर प्रा.ली. ले आफ्ना सम्पुर्ण सदस्यहरुको गुणस्तरीय स्वास्थ्य चेकअप गर्नको लागी नेपालको उत्कृष्ट क वर्गको नेपाल ल्याव हाउससँग औपचारिकरुपमा सहमति गरेको छ ।
वुवा केयर प्रा.ली ले नँया वर्ष २०८० का शूरुवात सँगै वैशाख १ गते देखि औपचारिक रुपमा आफ्नो सेवा शुरुवात गरेको हो भने नेपाल ल्याबले अत्याधुनिक प्रविधिबाट गुणस्तरिय प्याथलोजिकल जाँच सेवा दिदै आइरहेको छ । आफ्ना सदस्यहरुको स्वास्थ्य, मनोरञ्जन तथा गुणस्तरिय जिवनयापनमा सहयोग गर्ने गरी आफ्ना विविध प्रकारका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
सहमति अनुसार वुवा केयरका सदस्यहरुको सम्पुर्ण प्याथलोजिकल चेकअप नेपाल ल्यावमा विशेष सहलियतमा जाँच गरिनेछ साथै बुवा केयरले लिएको उद्देश्यमा ऐक्यवद्दता जनाँउदै सहज तथा सर्वसुलभ सेवा विस्तार तथा आमावुवाहरु तथा सम्पुर्ण सदस्यहरुलाई मध्यनजर गर्दै निकट भविष्यमा सञ्चालन हुने निशुल्क वृहत स्वास्थ्य शिविर सञ्चालन गर्नका लागि नेपाल ल्याव हाउसले वुवा केयरलाई सहयोग गर्नेछ । कार्यक्रममा वुवा केयरका तर्फबाट अध्यक्ष श्री डा. अनाम प्याकुरेलले तथा नेपाल ल्यावका तर्फबाट श्री डा.विदुर अोस्थीले हस्ताक्षर गर्नृभयो ।